मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
काठमाडाैं | जेठ २८, २०८२
काठमाडौं: सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै जेठ २६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
बैठकले २०८२ असार २ गतेदेखि ६ गतेसम्म सिजाङ (तिब्बत) को ल्हासामा आयोजना हुने नेपाल(चीनबिचको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३ औं बैठकको छलफलको एजेन्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव संयोजक्तवमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, निर्माण व्यवसायी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाकाा लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठकले विद् राष्ट्रिय योजना आयोगका सदस्य डा जयष बहादुर टण्डनको इजरायल भ्रमण स्वीकृत भएको गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...
हेमजा: कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...
गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

